Pura Samachar

अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: December 17, 2023
पूरा समाचार

अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : एसिसी अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदैछ।

 

 

दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ।  सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएका हुन्।

बंगलादेशले साबिक विजेता भारतलाई ४ विकेटले हरायो। भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो।

अर्को सेमिफाइनलमा घरेलु टोली युएईले पाकिस्तानलाई ११  रनले हरायो। १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले  ४९दशमलव  ३ ओभरमा १८२  रनमात्र बनायो। एसियाकपमा सहभागी नेपाली युवाटोली भने समूह चरणबाटै बाहिरिएको थियो।

 

प्रतिक्रिया