Pura Samachar

पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

प्रकाशित: December 17, 2023
पूरा समाचार

पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

यही पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। तुइन खोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारीसाधन रोकेर काम गर्न लागिएको हो।

पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ। करिब तीन साता दैनिक चार घण्टा सवारीसाधन रोकेर काम गर्ने तयारी छ।

प्रतिक्रिया