Pura Samachar

सेयर बजारमा उत्साह, नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा

प्रकाशित: December 19, 2023
पूरा समाचार

सेयर बजारमा उत्साह, नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा

काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । बजारले निरन्तर उकालो यात्रा तय गर्दा लगानीकर्ता समेत मख्ख बनि रहेका छन् । बजार लगातार छैटो दिन समेत हरियाली भएको छ । बिस्तारै लगानीकर्ताको मनोबल समेत बढी रहेको छ । निरन्तर खुम्चि रहेको कारोबार समेत उच्च भइरहेको । सोमबार कारोबार एक वर्ष यता नै बढी भएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको थियो । केन्द्रिय बैंकले सेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधार गर्दा लगानीकर्तामा उत्साहमय बातारण सिर्जना भएको हो । लगानीकर्ताहरुले भूतप्रभावी करले असर आंकलन गरेका थिए । तर लगानीकर्ताले सो कुराले समेत सहज रुपमा स्वागत गरेका छ् ।

नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसूचक मै हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.४६ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९४ प्रतिशतले सेयर मूल्य बढेको हो।

प्रतिक्रिया