बितेका १ वर्षमा केही मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै उनले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न चाहेको प्रधानमन्त्री प्रचण्ड सचिवालयका एक सदस्यले बताए।
त्यसको संकेत उनले सार्वजनिक कार्यक्रममार्फत् समेत गरिरहेको सचिवालयका ती सदस्यको दाबी छ। सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री प्रचण्डले अबको १ वर्ष फरक ढंगले काम गर्न चाहेको बताएका थिए। उनले भनेका थिए, ‘एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु। प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढङ्गले काम गर्न लागेको छु।’
प्रधानमन्त्री प्रचण्डले आगामी पुस १० गतेसम्म मन्त्रीहरुलाई अनिवार्य बाहेक उपत्यका बाहिर जाने कार्यक्रम नबनाउन निर्देशन दिएका बताइएको छ। प्रधानमन्त्री प्रचण्डले १० गते मंगलबार विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। त्यसअघि नै उनले आफ्नो दोस्रो वर्षको कार्यकाल पहिलो वर्ष जस्तो नहुने सन्देश दिनेगरी केही स्टेप चाल्न खोजिरहेका प्रधानमन्त्री सचिवालयका ती सदस्यको दाबी छ।
प्रतिक्रिया