Pura Samachar

धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: December 20, 2023
पूरा समाचार

धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै

  1. काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा बुधबार साविक उपविजेता धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा धनगढी केही कम्फर्ट जोनमा रहँदा झापालाई भने जित्नै पर्ने दवाव रहेको छ।

यस सिजन अपराजित एक्लो टोली धनगढी सोही लय कायम राख्दै ‘प्लेअफ’मा स्थान पक्का गर्ने लक्ष्यमा छ। प्लेअफमा पुग्न धनगढीलाई १ अंक पर्याप्त रहँदा झापालाई भने आजको खेल जित्नु पर्ने दवाव छ। झापा आज पराजित भएमा उसको प्लेअफ सम्भावना गणितीय बन्ने छ।

धनगढी ६ खेलबाट तीन जित र तीन बराबरीसहित १२ अंकसहित दोस्रो स्थानमा छ। आजको खेल जिते वा बराबरी गरे पनि धनगढीले शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान सुरक्षित गर्नेछ। जारी प्रतियोगितामा पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ।

यो वर्षको नवप्रवेशी टोली झापाका लागि भने शीर्ष चारमा पुग्न आजको खेल बाँकी यात्राका लागि निर्णायक हुने छ। झापा ६ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ।

उसको धनगढीसहित दुई खेल बाँकी छ। त्यसैले दुबै खेलमा जित निकाल्न सके। उसले शीर्ष चारको यात्रा तय गर्ने सक्ने छ। त्यसैले आजको खेलमा पराजित भएमा नवप्रेशी झापाको शीर्ष चारमा पुग्ने सम्भावना लगभग सकिने छ।

यस्तो छ अंक तालिका:

प्रतिक्रिया