
काठमाडौँ । सेयर बजारले छलाङको यात्रालाई निरन्तरता दिएको छ । सेयर बजारले निरन्तर उकालो यात्रा तय गर्दा लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । विगत केहि महिना यता निरन्तर खुम्चि रहेको बजारले राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो ।
लगानीकर्ताको मनोबलले बजारलाई कुन दिसामा लैजाने भन्ने कुराको निर्धारण गर्ने गर्देछ । अहिले मनोबल लगानीकर्ताको उच्च बन्दै गएको छ । लगानीयोग्य वातावरण समेत बनि रहेको छ । केन्द्रिय बैंकले सेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधार गर्दा लगानीकर्तामा उत्साहमय बातारण सिर्जना भएको हो । लगानीकर्ताहरुले भूतप्रभावी करले असर आंकलन गरेका थिए । तर लगानीकर्ताले सो कुराले समेत सहज रुपमा स्वागत गरेका छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३९ अकंले बढेर २१४१.८७ बिन्दुमा बन्द भएको छ । बुधबार ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा दोहोरो अकंको सुधार भएपनि होटल तथा पर्यटन समूहको १.८९ प्रतिशत र निर्जीवन बीमा कम्पनीको ०.०८ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ । अन्य ११ उपसूचकमा भने हरियाली आएको हो ।
प्रतिक्रिया