Pura Samachar

भारतले घरेलु टिम दक्षिण अफ्रिकासँगको ३ खेलको एकदिवसीय सिरिज २-१ ले जित्यो

प्रकाशित: December 22, 2023
पूरा समाचार

भारतले घरेलु टिम दक्षिण अफ्रिकासँगको ३ खेलको एकदिवसीय सिरिज २-१ ले जित्यो

भारतले घरेलु टिम दक्षिण अफ्रिकासँगको ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ। बिहीबार तेस्रो तथा निर्णायक खेलमा ७८ रनको जित निकालेर भारतले सिरिज कब्जा गरेको हो।

भारतले दिएको २९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २१८ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाका लागि टोनी जोर्जीले ८१ रन जोडे पनि जितका लागि पर्याप्त भएन।

बलिङमा भारतका अर्शदिप सिंहले ४ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको नोक्सानीमा २९६ रन जोडेको थियो।

प्रतिक्रिया