
काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिग एनएसएलको प्लेअफमा छनोट भएको छ ।
शनिबार लिग चरणको अन्तिम खेलमा ललितपुर सिटी एफसीलाई १–० ले हराउँदै काठमाडौं प्लेअफमा छनोट भएको हो ।
काठमाडौंको जितमा पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले विजयी गोल गरे ।
हारका बाबजुट ललितपुर पनि प्लेअफमा छनोट भएको छ । काठमाडौंलाई हराउँदै पहिलो क्वालिफायरमा छनोट हुने अवसर ललितपुरलाई थियो । तर १० खेलाडीमा सिमित बनेको काठमाडौंमाथि जित निकाल्न ललितपुर असफल रह्यो ।
काठमाडौं १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लियो । ललितपुर १० अंक सहित चौथों स्थानमा रह्यो । झापासँग समान अंक भएपनि गोल अन्तरका आधारमा ललितपुरले शीर्ष चारमा अटाउन सफल भएको हो ।
अब पहिलो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढी एफसी भिड्नेछन् । इलिमिनेटर राउण्डमा ललितपुर र काठमाडौंबीच पुन प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया