
प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा सशस्त्र प्रहरीले नेपाल पुलिसलाई ८९ रनले हराएको छ।
नारायणी रंगशालामा जारी खेलमा सशस्त्र लक्ष्य पूरा गर्नुअगावै १३.२ बलमा ५१ रनमै अलआउट भएपछि पुलिसले ८९ रनले जितेको हो।
पुलिसका लागि प्रदीप ऐरीले २२ बलमा २१ रन बनाए। अर्को खेलाडी आसिफ शेखले २१ बलमा आठ रन, हरि शंकर साह आठ बलमा आठ रन र सन्दीप जोराले दुई बलमा एक रन बनाएर आउट भए।
सशस्त्रका खेलाडी अविनाश बोहोरा, कमल खत्री, विपिन खत्री र लोकेश बमले शून्य रनमा आउट भए। सशस्त्रका बलर शेर मल्लले २.२ ओभरमा तीन रन दिँदै पाँच विकेट लिए।
प्रतिक्रिया