Pura Samachar

लुम्बिनी प्रदेश र मधेश प्रदेशकाे सहज जित

प्रकाशित: December 25, 2023
पूरा समाचार

लुम्बिनी प्रदेश र मधेश प्रदेशकाे सहज जित

भक्तपुर । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा लुम्बिनी प्रदेशले सहज जित हासिल गरेको छ ।

सोमवार भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि ३० रनको सहज जित हासिल गरेको हो ।

जितसंगै लुम्बिनीले ४ खेलमा ४ अंक जोडेको छ । कर्णालीले भने अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १३४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कर्णाली निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै मात्र १०३ रनमा समेतियो ।

कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौका प्रहार गर्दै २२ रन जोड्दा यमूना थारुले २९ बल खेल्दै ४ चौका प्रहार गरेर २१ रन जोड्दै पेविलियन फर्किइन् ।

त्यस्तै, अन्जु गुरुङले ६ बलमा ३ चौका प्रहार गर्दै १३ रन जोडेर अविजित रहँदा रश्मी खड्काले १४ बलको सामना गर्दै १ चौका प्रहार गरेर ११ रन जोड्दै अविजित रहिन् ।

यता, तिर्सना बिश्वकर्मा ८, बिना थापा ४, बिमला बुढाथोकी ३, कप्तान किरण कुमारी कुनवर २ र निकिता धमला शुन्य रनमा पेविलियन फर्किइन् ।

कर्णालीले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

लुम्बिनीका लागि सरस्वती पुन र क्रितिका मरासिनीले समान २–२ विकेट लिँदा चमेली चौधरी र शर्मिला रोक्काले समान १–१ विकेट लिईन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १३३ रन जोड्यो ।

लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले ६२ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा आस्मा पुलामीले २५ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २५ रन जोडेर आउट भईन ।

त्यस्तै, चमेली चौधरीले २१ बलमा २ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा लक्ष्मी चौधरी ४, सरस्वती पुन र सुस्मिता बजगाई समान ३–३ रनमा आउट भईन् ।

यता, मधु डिसी २ रनमा अविजित रहिन् ।

लुम्बिनीले अतिरिक्त रुपमा २५ रन जोड्यो ।

कर्णाली प्रदेशका लागि तिर्सना विश्वकर्मा, यमूना थारु र रश्मी खड्काले समान १–१ विकेट लिईन ।

त्यस्तै, मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशमाथि २७ रनको जित निकालेको छ ।

११३ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको गण्डकीलाई मधेशले १९.४ ओभरमा अलआउट गर्दै मात्र ८५ रनमा रोक्न सफल भयो

प्रतिक्रिया