Pura Samachar

इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुदै

प्रकाशित: December 26, 2023
पूरा समाचार

इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुदै

लन्डन । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज बक्सिङ डेमा पाँच खेल हुदै छन् ।

नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुने पहिलो खेलमा न्युकासलले नटिङघम फरेस्टको सामना गर्नेछ । नटिङघम १८ खेलमा ९ जितसहित लिगको ७ औं स्थानमा छ । समान खेलमा केवल ३ खेल जितेको नटिङघम १४ अंकसहित १७ औं स्थानमा छ ।

पौने ९ बजे सुरु हुने खेलहरुमा बर्नमाउथ र फुलहम तथा शेफिल्ड युनाइट र लुटन टाउन आमनेसामने हुनेछन् । लिगको दोस्रो स्थान रहेको लिभरपुलले सवा ११ बजे बर्नलीविरुद्ध खेल्ने छ । आजको खेल जिते लिभरपुल शीर्ष स्थानमा पुग्नेछ । लिभरपुलको १८ खेलमा ३९ अंक छ भने लिग लिडर आर्सनलको ४० अंक छ । आर्सनल लिभरपुलभन्दा १ अंकले मात्र अघि छ ।

पौने २ बजे म्यानचेस्टर युनाइटेडविरुद्ध एस्टन भिल्ला मैदानमा उत्रने छ । खराब लयमा रहेको एरिक टेन हाखको टोली जितसहित लय समात्ने प्रयासमा रहनेछ । ८ औं स्थानको युनाइटेडको १८ खेलमा २८ अंक छ । तेस्रो स्थानको एस्टन भिल्लालाई पनि लिग लिडर बन्ने अवसर छ । लिभरपुल र एस्टनको समान ३९ अंक रहँदा गोल अन्तरका अधारमा उ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया