
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ ।
त्यस क्रममा उसले आज बुधबार मधेश प्रदेशलाई ५ विकेटले हरायो । यो मधेशको चौथो हार हो ।
मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो ।
सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।
सम्झना खड्काले २१ बलमा ३ चौकासहित २१ रन बनाइन् । मधेशका लागि साक्षी यादव र कविता गौतमले समान २/२ विकेट लिए ।
पूजा महतोले १ विकेट लिइन् । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।
मधेश बागमतीसँग २८ रन, एपीएफसँग १० विकेट र कोशीसँग ६० रनले पराजित भएको थियो । उसले गण्डकीलाई भने २७ रनले हराएको थियो ।काठमाडौं । अर्को खेलमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
जारी प्रतियोगितामा एपीएफ क्लबले आफ्नो विजयी यात्रा जारी नै राखेको छ । हालसम्म पाँच खेल खेलेको एपीएफ क्लबले पाँच खेलमै जित हात पारेको छ ।
एपीएफ क्लब १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । पाँच खेल खेलेको कर्णाली प्रदेशले भने आफूले खेलेका सबै खेलमा हार ब्यहोरेको छ ।
कर्णाली प्रदेश सबै खेलमा पराजित हुने एकमात्र टोली हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो ।
प्रतिक्रिया