
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाईत भएका अर्का युवकको पनि ज्यान गएको छ ।
पाटन अस्पतालमा उपचारका क्रममा वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले यसको पुष्टि गरे । यसअघि किस्ट अस्पतालमा दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।
प्रतिक्रिया