Pura Samachar

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन

प्रकाशित: December 29, 2023
पूरा समाचार

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन भएका छन्। शुक्रबार मनोनयनको समयभित्र चौधरीबाहेक अध्यक्षमा अरुको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन्।अध्यक्षका उम्मेद्वार आकाश गोल्छासँग भएको सहमतिसँगै करणलाई अध्यक्ष बन्‍ने बाटो खुलेको थियो। नाडाको ४७औं वार्षिक साधारणसभा पुस २० र २१ गते काठमाडौंमा हुँदैछ।

कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेद्वारी दर्ता भएकाले सबै सदस्य निर्विरोध भएका छन्। नाडाको विधान अनुसार सदस्यबाटै पदाधिकारी चयन हुनेछन्।

सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन्।

यसैगरी संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध बनेका छन्।

नाडा अध्यक्षका लागि १ लाख ५० हजार र सदस्यका लागि २५ हजार शुल्क लाग्छ भने पदाधिकारीका लागि थप १० हजार रुपैयाँ शुल्क लाग्छ।

प्रतिक्रिया