
काठमाण्डौ । कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
आइतवार(आज) भएको पहिलो क्वालिफायरमा कोशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ३९ रन बनायो ।
आज हारे पनि कोशीको फाइनल पुग्ने सम्भावना कायमै छ । अब कोशीले फाइनल प्रवेशका लागि कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भोलि सोमवार खेल्नेछ । एलिमिनेटरमा अहिले बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् । फाइनल खेल आउँदो बुधवार हुनेछ ।
प्रतिक्रिया