
काठमाडौँ । सेयर बजारमा लगातार ६ दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । बजार खुम्चि रहने डरमा लगानीकर्तामा आशा पलाएको हो । बजार अब माथि बढ्नु बाहेकको विकल्प नरहेको लगानीकर्ताहरुका तर्क रहेका छन् ।
अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक र नियामक समेत लचक बनि रहेको अवस्थामा सेयर बजार उचाईमा नै पुग्ने एक जानकारले बताए । उनले भने, यो बीचमा नाफा बुक गर्ने लगानीकर्ता ब्यस्त भए साथै मन्त्री परिवर्तनहरुको हल्लाले समेत बजारमा केहि करेक्सन देखिएको हो । यो बेला बजारमा प्रवेश गर्ने नपाएका लगानीकर्ताले मौका छोपेका छन् । अब बजारको लय नै उच्च बिन्दुमा हुनेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार १३वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.१२ प्रतिशत, फाइनान्स समूहको १.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७० प्रतिशतले सेयर मूल्य बढेको हो ।
प्रतिक्रिया