Pura Samachar

आजको राशिफल

प्रकाशित: January 4, 2024
पूरा समाचार

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना घरायसी काममा समय खर्च हुने योग छ । आज कतै यात्राको योजना बनाउनुभएको छ भने त्यसलाई टार्नु उचित हुनेछ । अनावश्यक रुपमा कसैसँग विवाद हुन सक्छ । लेनदेनको समस्याले सताउने र शत्रु बढ्ने समय छ । आरोग्यता रहनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन राम्रो छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । पढाइमा सुधार आउने योग छ । कुरा काटनेहरु प्रशंसक बन्नेछन् । गलत लेनदेनमा समस्या आउन सक्छ, होसियार रहनु हितकर होला । आशा उत्साह थपिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्नेछ । अधुरा काम बन्ने समय छ । धन आर्जनको अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्ने अवसर जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । हौसला र पराक्रम बढ्नुको साथै मन प्रफुल्ल रहला । रसरागमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने समय छ । आयआर्जनको स्रोत फेला पर्ला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज खर्च र विवाद बढ्ने तथा प्रतिष्पर्धीले सताउने योग छ, सावधान रहनुहोला । हातहतियार र सवारी साधनको प्रयोग गर्दा आज विशेष सचेत रहनु हितकर होला । स्वास्थ्य पनि त्यति सवल नरहला । यसका बाबजुद यात्राजनक कार्य सफल रहनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ । विभिन्न अवसरले पछ्याउनेछन् । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । आफन्तजनको उचित सहयोग मिल्ने छ । आरोग्यबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन शुभकारी नै छ । व्यापारबाट राम्रै आम्दानी होला । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । अरुको विश्वास सजिलै जितिएला । मिठो भोजन प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । रमणीय र सुखद यात्राको योग छ, यात्रामा विशेष लाभ होला । फुर्सदिलो समय छ । जीवनसाथी र मातृ-सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । सृजनात्मक काममा सफलता मिल्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । यश वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मान्यजनको सुझाव अप्रिय लाग्ने विपरीत समय छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आज आर्थिक संकट आउन सक्ने र लेनदेनमा विवाद बढ्ने योग छ । घरायसी समस्या पनि आउला । तथापि, दायित्वका साथै कर्मबल बढ्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय चुनौतीपूर्ण रहला । गलत विचारले काममा बाधा सिर्जना गर्न सक्छ । नयाँ तथा दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहोला । अरुको काम धेरै गर्नुपर्ने योग छ । यदि राजनीतिमा हुनुहुन्छ भने मान–सम्मान पाउने समय छ । अरुको मन जित्न सकिने छ । रसराको भाव वृद्धि होला । यश वर्चश्व बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय शुभदायी रहला । सोच्ने शक्ति बढ्नेछ भने कुरा काटनेहरुले पनि तारिफ गर्ने समय छ । रोकिएका काम सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शुभ समाचार प्राप्तिको योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक आर्जन पनि राम्रै होला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्गे लाभ हुने योग छ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । प्रेमभाव बढ्नेछ । सफलताको दर वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

प्रतिक्रिया