
काठमाडौं । बिहीबार सुनको भाउ ह्वात्तै घटेको छ । आज एकैदिन छापावाला सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात् बुधवार १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने घटेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको भाउ भने १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया