Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा

प्रकाशित: January 4, 2024
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पुनः बजार ओरालो लागेको छ । निरन्तर खुम्चि रहेको बजार बुधबार भने दोहोरो अकंको सुधार आएको थियो । तर, उक्त सुधार एक दिन पनि टिक्न सकेन ।

बजारमा आज उतार चडाव देखियो । बजार केहि अकंले बढेको भए पनि अन्तिमको १० मिनेटमा बजार ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

आज चार उपसूचकमा मात्र हरियाली आएको छ । बिहिबार हाइड्रोपावर समूहको १.८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.११ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.७६ प्रतिशत र ब्यापार समूहको २.३४ प्रतिशतले सेयर मूल्य बढेको हो ।

प्रतिक्रिया