Pura Samachar

नक्कली जस्तो नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३थानसहित एक जना पक्राउ

प्रकाशित: January 5, 2024
पूरा समाचार

नक्कली जस्तो नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३थानसहित एक जना पक्राउ

काठमाडौँ । देवाही गोनाही नगरपालिका ८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका ५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक ३ थानसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया