
एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब एरानडिनामाथि ३–१ गोलका जित निकाल्दै रियल अन्तिम १६ मा पुगेको हो ।
रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रिगोले एक–एक गोल गरे । उता एरानडिनाले एक गोल आत्मघाती उपाहार पाएको थियो ।
खेलको ५४ औं मिनेटमा जोसेलुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेट पछि डियाजले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
खेलको अतिक्ति समयमा रोड्रिगोले गोल गर्दै टिमलाई जिततर्फ लिए । रियलका नाचोले आत्मघाती गोल गर्दा रियलले ३–१ गोलको जित निकाल्यो ।
शनिबार राति नै भएको अर्काे खेलमा आलाभेसले रियल बेटिसमाथि १–० गोलको जित निकालेको छ ।
प्रतिक्रिया