
काठमाडौं- ब्राजिलको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा डोरिवल जुनियर नियुक्त भएका छन्। ब्राजिल फुटबल फेडरेसनले जुनियरलाई राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको हो। २०२२ को विश्वकपको क्वार्टरफाइनलमा पराजित भएपछि तत्कालिन प्रशिक्षक टिटेले राजिनामा दिएपछि ब्राजिलले मुख्य प्रशिक्षक नियुक्त गरेको थिएन।
फर्नान्डो डिनिजलाई ब्राजिलले अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो। एक वर्षका लागि अन्तरिम प्रशिक्षक बनेका डिनिजको नेतृत्वमा ब्राजिलले निराशाजनक प्रदर्शन गर्यो।
सोही कारण ब्राजिलले डिनिजलाई जिम्मेवारी मुक्त गर्दै डोरिवललाई मुख्य प्रशिक्षक बनाएको हो। ब्राजिल रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सोलोटीलाई मुख्य प्रशिक्षक बनाउन चाहान्थ्यो। तर एन्सोलोटीले रियलमा सम्झौता थपेपछि ब्राजिलको चाहाना पुरा भएन।
प्रतिक्रिया