Pura Samachar

विभागीय दुई टिम नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबराष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

प्रकाशित: January 8, 2024
पूरा समाचार

विभागीय दुई टिम नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबराष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौं। विभागीय दुई टिम नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै टिमले एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । विरेन्द्रनगरस्थित खुल्लामञ्चको कोर्टमा विभागीय डर्वीमा साविक विजेता एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसविरुद्धको खेलमा एपिएफले २५–१७, २५–१५, २५–२२ र २५–२० को जित हात पार्न सफल भयो । यो जितसँगै समूह ए को अपराजित टिम एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको पुलिस ६ अंक जोड्दै दोस्रो स्थानमा छ । अब एपिएफले भोली बागमती प्रदेशसँग खेल्दा, पुलिसले भोली नै कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

आजै भएको अर्को खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी सेमिफाइनल पुगेको छ । गण्डकीले आर्मीलाई ३१–२९, २५–२१ र २५–२१ को सेट सुम्पियो । यो नतिजासँगै अपराजित आमी ९ अंकसहित शीर्ष स्थानमा छ । गण्डकी ६ अंकसहित दोस्रो स्थानमा छ । अब आर्मीले भोली मधेश प्रदेश तथा गण्डकीले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच, आजै भएको अन्य खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित ग¥यो । कोशीले लुम्बिनीलाई २५–१५, २१–२५, २५–१३ र २५–२१ को सेट सुम्पियो । यस्तै, अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–१ को सेटमा हराएको छ । सुदूरले कर्णालीलाई २५–२१, २१–२५, २५–१८ र २५–२३ ले पराजित गरेको हो । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया