Pura Samachar

नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली वार्म अप खेलमा नामिबिया यू–१९ टिममाथि विजय

प्रकाशित: January 12, 2024
पूरा समाचार

नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली वार्म अप खेलमा नामिबिया यू–१९ टिममाथि विजय

काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले विश्वपक अघिको वार्म अप खेलमा नामिबिया यू–१९ टिममाथि जित हात पारेको छ ।
दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो ।

नामिबियाका लागि बुसिङ भोसेन्कले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोफितले १८ रनको योगदान गरे  ।
नेपालका लागि आकाश चन्द र गुलशन झाले समान तीन–तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालका लागि दिपक डुम्रेले सर्वाधिक ३२ रन बनाए । त्यस्तै आकाश त्रिपाठीले २१ रनको योगदान गरे ।

प्रतिक्रिया