Pura Samachar

संसदीय पद्धति खलबल्याउने खेल कसैले नगरोस्

प्रकाशित: December 17, 2020

संसदीय पद्धति खलबल्याउने खेल कसैले नगरोस्

 

देशका दुई ठूला कम्युनिस्ट पार्टीलाई चुनावमा जनताले स्पष्ट बहुमत दिए । अहिले झण्डै दुई तिहाई नजिकको बहुमतको सरकार छ । तर सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन । चारै तिर सरकारको आलोचना छ । सुरुवाती दिनमा देशले आर्थिक, राजनीतिक छलाङ मार्ने अपेक्षा सबैले गरेका थिए । तर त्यसो हुन सकेन । यति बेला जनता निराश छन । अहिले नेताहरु सत्ताको भागबन्डामा रुमिल्लएका छन । यो नै समस्याको बिषय बनेको छ । सत्तारुढ नेकपाका नेताहरूले जनविश्वास कायम गर्न सकेनन् । नेताहरु राज्यको ढुकुटी दोहन गर्ने प्रतिस्पर्धामा छन । नेकपाभित्रको किचलो कहिले टुंगो लाग्ने हो यसै भन्न सकिने अवस्था छैन । महामारीका बेलामा आपूर्ति गरिएको स्वास्थ्य सामग्रीमा समेत अनियमितता र बेथिति देखियो । नेकपाका नेताहरू जनताप्रति उत्तरदायी बन्नु पर्ने आबश्यकता देखिएको छ ।
राजनीतिक नेतृत्वको मूल ध्यान कोभिड—१९ को महामारी नियन्त्रणका उपाय खोज्न केन्द्रित हुनु पर्नेमा सत्तास्वार्थमा केन्द्रित छ । सत्तारुढ दलको किचलो अझै साम्य भएको छैन बरु झन् चर्केको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर बिवाद बढे पछि अध्यादेश फिर्ता भएको सुनिएको छ । बास्तवमा त्यो हो वा होइन बिस्तारै थाहा होला । पार्टीभित्रको झगडामा देश, जनता र संसद् सबैलाई बन्धक बनाउने खेल सुरु भएको छ । नेताहरूको चरित्र र प्रवृत्ति लोकतान्त्रिक हुन जरुरी छ । संसदीय पद्धति खलबल्याउने खेल कसैले नगरोस ।

प्रतिक्रिया