
काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । विकेटकिपर अनिल कुमार शाहको उत्कृष्ट ब्याटिङमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।
हरिशंकर शाहले २४ र निरज यादवले ९ रन बनाए । कोशीका सोनु मण्डलले २ र सुजन थपालियाले १ विकेट लिए ।त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोशी ४१ ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो ।
कोशीका लागि ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा ७ चौकासहित ४० रनको योगदान दिए । फिर्दोस अन्सारीले ४१ रन बनाए । कोशीका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सोनु अन्सारी डक, मिनाश थापा १, आशिष भट्टराई २, सुजन थपालिया ३, सुभन गहतराजले ९ र सोनु मण्डलले ६ रन बनाए । मधेशका प्रदीप पासवानले ७ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ, राजेश यादव र रन्जित कुमारले २–२ विकेट लिए ।
१० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । खेलहरु टियु, मुलपानी र भैरहवामा हुनेछन् । मधेशले सोमबार आर्मीसँग खेल्नेछ । कोशीले मुलपानीमा एपीएफसँग खेल्नेछ ।
प्रतिक्रिया