Pura Samachar

थानकोट–चित्लाङ सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

प्रकाशित: January 13, 2024
पूरा समाचार

थानकोट–चित्लाङ सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं : थानकोट–चित्लाङ सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

सडक खण्डअन्तर्गत सेतो पहरामा भएको दुर्घटनामा अरु २ जना घाइते भएका छन्।

नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

‘चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको खबर आएको छ। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइँदैछ’, प्रवक्ता कार्कीले भने, ‘विस्तृत विवरण आउन बाँकी छ।’

प्रतिक्रिया