Pura Samachar

नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले विजयी सुरुवात

प्रकाशित: January 13, 2024
पूरा समाचार

नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले विजयी सुरुवात

काठमाडाैं, पुस २८ : शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लब,  लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन्। प्रतियोगितामा पुलिसले बागमति प्रदेश, र लुम्बिनीले गण्डकीलाई पराजित गरेको हो।

त्रिवि खेल मैदान किर्तिपुरमा भएको खेलमा पुलिस क्लवले बागमति प्रदेशलाई ६८ रनले पराजित गर्दै बिजयी सुरुवात गर्यो। जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २ सय १४ रनमा अल आउट भयो।

बागमतीका लागि आषुतोश घिरैयाले ९२ रनको योगदान दिएपनि जिताउन सकेनन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो। पुलिसको जितमा राशिद खानले १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए।

त्यस्तै प्रतियोगीता अन्तर्गत शनिबार सिद्धार्थ रंगशाला भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो। जितको लागि १ सय १२ रनको सामान्य लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीको जितमा मिर्नल गुरुङले ४७ रन बनाए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३४.४ ओभरमा १ सय ११ रनमा अल आउट भयो।

पहिलो पटक राउण्ड रोविन लिग फर्म्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन्।

प्रतिक्रिया