Pura Samachar

भारतमाथि अस्ट्रेलियाकाे जित

प्रकाशित: January 13, 2024
पूरा समाचार

भारतमाथि अस्ट्रेलियाकाे जित

एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एएफसी एसियन कपमा भारतमाथि अस्ट्रेलियाले जित निकालेको छ।

शनिबार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलले हरायो।

समूह ‘बी’ को यो खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो।

अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा पहिलो गोल गरे भने जोर्डन बोसले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे। यसअघि शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३-० गोलले पराजित गरेको थियो। प्रतियोगितामा एसियाका २४ देशबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया