Pura Samachar

तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो,देशका पहाडी भेगमा आंशिक बदली

प्रकाशित: January 14, 2024
पूरा समाचार

तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो,देशका पहाडी भेगमा आंशिक बदली

काठमाडौं : तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ।

राति गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया