Pura Samachar

आफ्नो मिहिनेत र परिश्रमको मुल्य नपाउनु किसानको लागी दुर्भाग्य

प्रकाशित: December 19, 2020

आफ्नो मिहिनेत र परिश्रमको मुल्य नपाउनु किसानको लागी दुर्भाग्य

  • डा.डिआर उपाध्याय

उखु किसानहरु हलो र जुवा सहित काठमान्डौको माइतिघरमा आन्दोलित छन् । उनीहरुले आफ्नो बक्यौता रकम पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका हुन्। उनिहरुले उठाएका माग प्रति विभिन्न संघ सस्था र केही समुह हरुले समर्थन जनाएका छन् । सरकारले पनि उनीहरुका मागप्रति सकारात्मक भइ रकम बुझाउन बाँकी चिनी उद्योगीहरुलाई तुरुन्तै किसानको खातामा जम्मा गरिदिन दबाब दिएको छ । यदि किसानको मागलाई बेवास्ता गरेको अवस्थामा राज्यले उनीहरुलाई पक्राउ गर्ने बताइसकेको छ । उखु किसानले हरेक वर्ष झमेला ।

खेपिरहन बाध्य छन् उनीहरूले आफ्नो उत्पादन चिनीउद्योगलाई उपलब्ध गराउँदै आएका छन् तर उनीहरुले तत्कालै मूल्य पाउँदैनन्। किसानहरु मर्कामा छन् उनीहरू उधारोमा कारोबार गर्न बाध्य छन् । उनीहरुले उधारो दिएको उखुको मुल्य वर्षौंसम्म उठाउन सक्दैनन्। समयम आफ्नो भुक्तानी नपाएपछि उनीहरू आर्थिक रूपले संकटमा पर्छन्।यी समस्या उखु किसानका लागी नयाँ होइनन् ,किसानहरुले यस्तै समस्या धेरै वर्षदेखि झेल्दै आएका छन् ।

आफ्नो मिहिनेत र परिश्रमको मुल्य नपाउनु किसानको लागी दुर्भाग्य हो । सरकार र उद्योगले पटक पटक ‘विश्वासघात’ गरेका कारण उनीहरू आगामी दिनको छाक टार्ने खेतीपाती छाडेर बक्यौता भुक्तानी लिनको लागी विभिन्न जिल्लाबाट राजधानी आई आन्दोलन गरिरहेका छन्। कृषि उत्पादन बढाउनका लागि घामपानी नभनी खटिने किसानलाई हामी सबैले सम्मान गर्न सिकौँ । तर, पटक–पटक आन्दोलन गर्दा पनि वर्षौंदेखिको बक्यौता नउठ्नु भनेको उनीहरूप्रतिको बेवास्ता हो। यस्तो प्रवृतिले कृषिमा लाग्ने युवा पुस्तालाई हतोत्साहित बनाउन सक्छ ।

प्रतिक्रिया