Pura Samachar

म्यानचेष्टर सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लियाे

प्रकाशित: January 14, 2024
पूरा समाचार

म्यानचेष्टर सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लियाे

काठमाडौं, पुस २९ : म्यानचेष्टर सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति न्यूकासललाई पराजित गर्दै सिटी ४३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको हो।

न्यूकासलकै घरेलु मैदान सेन्ट जेम्स पार्कमा सिटीले उविरूद्ध ३ गोल प्रहार गरेको थियो। न्यूकासलले २ गोल गरेपनि हार टार्न सकेन। सिटीका लागि बर्नान्डो सिल्भाले २६ औं मिनेटमा गोल गरेका थिए। केभिन डिब्रुयनले ७४ औं मिनेटमा र ओस्कार बबले ९० मिनेट पछि गोल गरे।

न्यूकासलका लागि ३५ औं मिनेटमा अलेक्जेन्डर इशाक र ३७ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गरे। सिटीको शीर्ष स्थानको लिभरपुलभन्दा २ अंक कम छ।

लिभरपुलले २० मध्ये १३ खेल जितेर ४५ अंक जोडेको छ। तेस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने ४० अंक जोडेको आर्सनल चौथो स्थानमा छ।

प्रतिक्रिया