
दोहा — एसियन कप २०२३ को समूह ‘बी’ मा शनिबार उज्वेकिस्तान र सिरियाले गोलरहित बराबरी खेलेका छन् । यस नतिजासँगै उनीहरूले एक एक अंक जोडेका छन् । त्यस अगाडि यसै समूहमा अस्ट्रेलियाले भारतलाई २–० ले हराएको थियो । अस्ट्रेलिया तीन अंकसहित समूहको शीर्षमा छ । समूहको दोस्रो खेलमा स्पष्ट नतिजा नआएपछि त्यो भारतका लागि राहत हुनेछ ।
समूह ‘ए’ को शनिबारनै भएको अर्को खेलमा चीन र ताजाकिस्तानले पनि गोलरहित बराबरी खेले । यो समूहमा कतार तीन अंकसहित पहिलो स्थानमा रहेको छ ।
प्रतिक्रिया