Pura Samachar

जापानले भियतनामलाई ४–२ गोल अन्तरले हरायो

प्रकाशित: January 15, 2024
पूरा समाचार

जापानले भियतनामलाई ४–२ गोल अन्तरले हरायो

एजेन्सी । एएफसी एसियन कप फुटबलमा जापानले सहज जित निकालेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा जापानले भियतनामलाई ४–२ गोल अन्तरले हराएको हो ।

अल थुमाम स्टेडियममा जापानलाई जित दिलाउन ताकुमी मिनामियोले दुई गोल गरे । त्यस्तै किटो नाकामुरा र यसे युडाले एक–एक गोल गरे । उता भियतनामका लागि गुयन बस र फाम तुवान हेले एक–एक गोल गरे । पहिलो हाफमा ३–२ गोलको अवस्थामा भएको जापानले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

जितसँगै समूह ‘डी’ जापानले एक खेलबाट ३ अंक जोडेको छ । यता भियतनामले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया