
कोहिमा /मणिपूर राज्यको मुख्यमन्त्री एन विरेनले Go to hills कार्यक्रम अन्तर्गत चन्देल जिल्लामा विभिन्न परियोजनाहरुको उद्घाटन गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालय द्वारा प्राप्त सूचना अनुसार उनले चन्देल जिल्लामा Model school को छात्रावास साथै अन्य कतिपय परियोजनाको उद्घाटन गरे ।

समारोहमा बोल्दै मुख्यमन्त्रीले भने कि सरकारले सधैं जनताको हितमा काम गर्दै आएको छ ।
आज मणिपूरको स्थित अन्य स्थान भन्दा भिन्नै छ तर पनि विकासका कामहरु हामीले रोक्नु हुँदैन ।
उनले अगाडी भने कि विकासको माद्यमबाट हामी विकसित हुन सकिन्छ ।
मणिपूरमा शान्तिको स्थापनार्थ उनलेे भने कि हामीले अब लामो समय सम्म झगडा गरेर हुदैन ।यो ठाउमा विकासको खाचो छ ।
उनले अगाडी थपे कि समग्र विश्व संग हातेमालो गरेर हिड्ने बेलामा हामी अलग्गै भएर बस्नु राम्रो होइन ।
स्मरण रहोस मणिपूरमा समग्र रूपमा शान्ति स्थापना त भएको छैन फेरि पनि सरकारका कामहरु भने भै रहेको छन ।यो खुशीको कुरा हो ।
प्रतिक्रिया