Pura Samachar

पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

प्रकाशित: January 16, 2024
पूरा समाचार

पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो ।

मंगलबारको खेलमा २ सय ७८ रनको लक्ष्य पछ्याएको कर्णालीले ३७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ४३ रनमात्र जोड्न सक्यो ।

कर्णालीका लागि दिवान पुनले सर्वाधिक ३८ रन बनाए । सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ तथा विकाश आगरीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनायो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ८०, टेक रावतले ५९ तथा किरण ठगुन्नाले ५० रन बनाए ।

प्रतिक्रिया