माघ, काठमाडौं । न्युजिल्याण्डका ओपनर फिन एलेनले टी-२० आई क्रिकेटमा एकै खेलमा कीर्तिमानी १६ छक्का प्रहार गरेका छन् ।
उनकै विष्फोटक शतकको मद्दतमा न्युजिल्याण्डले बुधबार दुनेदिनमा पाकिस्तानलाई ४५ रनले पराजित गर्दै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा न्युजिल्याण्डले ३-० को अग्रता लिएको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले एलेनको १३७ रनको मद्दतमा ७ विकेट गुमाएर २२४ रन बनाएको थियो । एलेनले ६२ बल खेल्दै ५ चौका र १६ छक्का मद्दतमा १३७ रन बनाए । टिम साइफर्टले ३१ र ग्लेन फिलिप्सले १९ रन जोडे ।एलेन टी-२० आईको एकै खेलम सर्वाधिक १६ छक्का प्रहार गर्दे कीर्तिमान बराबरी गरेका हुन् । यसअघि अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध १६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए । एलेनले त्यसको बराबरी गरे ।
प्रतिक्रिया