Pura Samachar

ओभरमा अफगानिस्तानलाई हरायो, शृंखला ‘क्लिन स्विप’

प्रकाशित: January 18, 2024
पूरा समाचार

ओभरमा अफगानिस्तानलाई हरायो, शृंखला ‘क्लिन स्विप’

काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको तेस्रो ट्वान्टी २० शृंखलाको अन्तिम खेल दोस्रो सुपर ओभरमा पुगेर जितेको छ । बुधबार राति भएको खेलमा निर्धारित २० ओभर र पहिलो सुपर ओभरमा पनि बराबर भएपछि खेलको नतिजा दोस्रो सुपर ओभरमा निस्किएको हो ।

भारतको जितमा कप्तान रोहित शर्माले सतकीय इनिङ्स खेले । उनी ट्वान्टी २० मा पाँचौ सतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

बै‍गलुरुमा भारतले टस जितेर २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १२ रन बनाएको थियो । प्रत्युत्तरमा अफगानिस्तानले पनि ६ विकेट गुमाउँदै दुई सय १२ रन नै बनायो ।

खेल सुपर ओभरमा पुग्यो । सुपर ओभरमा अफगानिस्तानले १६ रन बनायो । जितको लागि १७ रनको लक्ष्य पाएको भारतले पनि १६ रन नै बनाएको थियो ।

विजेताको निर्णय दोस्रो सुपर ओभरमा भयो । भारतले अफगानिस्तानलाई ११ रनको लक्ष्य थियो । अफगानिस्तान एक रन बनाउँदा दुई विकेट गुमाएपछि दबाबमा आएको थियो ।

कप्तान रोहितले ६९ बलमा एक सय २१ रन बनाएका छन् । रोहितले नै खेलको प्लेअफ अफ दि म्याच चुनिए । भारतकै शिवम दुबे ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका छन् । उनले एक सय २४ रनसहित दुई विकेट लिएका छन् ।

यसअघि दुबै खेलमा भारतले ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया