Pura Samachar

एएफसी एसियन कपमा भारतले दोस्रो हार

प्रकाशित: January 19, 2024
पूरा समाचार

एएफसी एसियन कपमा भारतले दोस्रो हार

एएफसी एसियन कपमा भारतले दोस्रो हार बेहोरेको छ।  कतारमा बिहीबार सम्पन्न खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो ।

उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेवले र शेरजोड नस्रुलोएभले एक÷एक गोल गरे। जितपछि उज्वेकिस्तानले दुई खेलबाट ४ अंक हात पारेको छ।

आफ्नो पहिलो खेलमा भारत अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो। दुई खेलको हारसँगै ऊ अंकविहीन छ।

प्रतिक्रिया