Pura Samachar

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट: आज बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुदै

प्रकाशित: January 19, 2024
पूरा समाचार

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट:   आज बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुदै

काठमाडौं : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ।

यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो

यस्तै सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित निकालेको थियो। अर्को खेलमा कोशी प्रदेशलाई नेपाल आर्मीले ९ विकेटले हराएको थियो।

प्रतिक्रिया