Pura Samachar

सुनको भाउ बढयाे

प्रकाशित: January 19, 2024
पूरा समाचार

सुनको भाउ बढयाे

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

बिहीबार नेपाली बजारमा छापावाला सुन १ लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया