Pura Samachar

त्रिभुवन आर्मी क्लब चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो स्थान

प्रकाशित: January 19, 2024
पूरा समाचार

त्रिभुवन आर्मी क्लब चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो स्थान

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा आर्मीले आर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो ।

पोखरा रंगशालाको कोर्टमा  पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने गुमाउन पुगेको थियो ।

दोस्रो सेटमा पुलिसले १८–२५ जित निकाल्यो । त्यसपछि आर्मीले लगातार दुई सेट जित्यो । तेस्रोमा २५–२० र चौथोमा २५–१९ को जित निकाल्दै आर्मीले तेस्रो भयो ।

प्रतियोगिता अन्तर्गत महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुने भएको छ । जसमा महिलातर्फको फाइनलमा साविक विजेता एपीएफ र चन्द्रागिरी नगपालिका न्यु डायमण्ड भिड्नेछन् ।

यता पुरुषतर्फका दुबै सेमिफाइनल आज हुनेछन् ।

प्रतिक्रिया