Pura Samachar

१९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा आयरल्याण्डकाे विजयी शुरुवात

प्रकाशित: January 19, 2024
पूरा समाचार

१९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा आयरल्याण्डकाे विजयी शुरुवात

काठमाडौँ : १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी शुरुवात गरेको छ। आज (शुक्रवार) भएको खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै आयरल्याण्डले विजयी शुरुवात गरेको हो।

जितका लागि अमेरिकाले दिएको १०६ रनको लक्ष्य आयरल्याण्डले २२ ओभर ५ बलमा ३ विकेटको क्षतिमा नै भेट्टायो। आयरल्याण्डको जितमा रायन हन्टरले अविजित रहँदै सर्वाधिक ५० रनको योगदान गरे। कियान हिल्टन र कप्तान फिलिप्सले रक्सले १९/१९ रन जोडे।

त्यसअघि दक्षिण अफ्रिकाको मंगाउङ ओभल ब्लोमफन्टेन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४० ओभर २ बलमा अलआउट हुँदै १०५ रनमा समेटियो।

अमेरिकाका लागि खुश भलालाले अविजित रहँदै सर्वाधिक २२ रनको योगदान गरे। पार्थ पटेलले १३ रन तथा अमोघ अरे–पल्लीले ११ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिकालाई सस्तैमा सेमट्ने क्रममा बलिङतर्फ आयरल्याण्डका रुबेन विल्सन र ओलिभर रिलेले सर्वाधिक ३/३ विकेट हात पारे।

प्रतिक्रिया