Pura Samachar

आहा ! रारा पोखरा गोल्डकप फुटबलको उद्घाटनमा थ्री स्टार क्लब र आयोजक साहारा क्लब पोखरा भिड्ने

प्रकाशित: January 20, 2024
पूरा समाचार

आहा ! रारा पोखरा गोल्डकप फुटबलको उद्घाटनमा थ्री स्टार क्लब र आयोजक साहारा क्लब पोखरा भिड्ने

काठमाडौं । आहा ! रारा पोखरा गोल्डकप फुटबलको उद्घाटनमा थ्री स्टार क्लब र आयोजक साहारा क्लब पोखरा भिड्ने भएका छन् ।

शुक्रबार सार्वजनीक टाइसिट अनुसार उद्घाटनमा थ्री स्टार र आयोजक भिड्ने टुङ्गो लागेको हो ।

प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुदैछ ।

नेपाली फुटबलको प्रतिष्ठित घरेलु प्रतियोगिताको रुपमा रहेको आहा राराको यो २३ औं संस्करण हो ।

प्रतियोगितामा घरेलु फुटबलका ठुला क्लब सहित विदेशी क्लबको समेत सहभागीता रहेको छ ।

प्रतिक्रिया