
काठमाडौं ।इरान एसियन कपको नकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा हङकङलाई १–०ले हराउँदै इरानले एकखेल बाँकी छँदै नकआउटमा स्थान बनाएको हो। उसका लागि मेहदी घायदीले २४औं मिनेटमा निर्णायक गोल गरे।
समूह सीमा ६ अंकसहित इरान शीर्ष स्थानमा छ भने युएई ४ अंकसहित दोस्रो स्थानमा छ। हङकङ भने अंकबिहीन हुँदै पुछारमा छ।
प्रतिक्रिया