Pura Samachar

दक्षिण कोरिया जोर्डनसंग बराबरीमा रोकियाे

प्रकाशित: January 20, 2024
पूरा समाचार

दक्षिण कोरिया जोर्डनसंग बराबरीमा रोकियाे

एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा उपाधि दाबेदार मानिएको दक्षिण कोरिया जोर्डनसंग बराबरीमा रोकिएको छ ।

सनिवार साँझ भएको खेलमा बलियो दक्षिण कोरिया तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी जोर्डनसंग २–२ गोलको बराबरीमा रोकिएको हो ।

अल थुमामा रंगशालामा भएको खेलमा सन ह्युङ मिनको गोलमार्फत कोरियाले सुरुवाती अग्रता लियो ।

तर, ३७ औं मिनेटमा कोरियाका पार्क योङ उले आत्मघाती गोल गर्न पुगेपछि जोर्डन १–१ को बराबरीमा आयो ।

त्यसपछि पहिलो हाफको अन्त्यतिर इन्जुरी समयको छैटौं मिनेटमा याजान अल नैमतले सनसनी गोल थप्दा जोर्डन खेलमा २–१ ले अघि बढ्यो ।

उता, खेलमा पछि परेको कोरियाले दोस्रो हाफमा जोर्डनमाथि निरन्तर दबाब सिर्जना गर्यो ।

गोलका लागि निक्कै संघर्ष गरेको कोरियाले खेलको अन्त्यतिर निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा याजान अल अरबको आत्मघाती गोलमार्फत २–२ को बराबरी गर्यो ।

बराबरीमा खेल सकिएसंगै समूह ‘इ’ मा जोर्डनले २ खेलबाट ४ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको दक्षिण कोरिया भने समान ४ अंक नै भएतापनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया