
एजेन्सी । भारतले दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको समूह ‘ए’ को खेलमा बंगलादेशलाई ८४ रनले हराउँदै भारतले विश्वकपमा विजयी सुरुवात गरेको हो ।
भारतले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५।५ ओभरमा १ सय ६७ रनमै अलआउट भयो ।त्यसअघि मङ्गाउङ ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो ।
यस्तै समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग आइतबार दिउँसो १ः४५ देखि सुरु हुनेछ ।
यु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल आज न्युजिल्यान्डसँग खेल्दै छ । खेल आज दिउँसो पौने २ बजे दक्षिण अफ्रिकामा हुनेछ।
यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो।
यु-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो । यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।
प्रतिक्रिया