
काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख १८ हजार रुपैयाँ कारोबार भएको सुन आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ८५० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया