Pura Samachar

गण्डकी प्रदेश र विभागीय टिम नेपाल पुलिस क्लब विजयी

प्रकाशित: January 22, 2024
पूरा समाचार

गण्डकी प्रदेश र विभागीय टिम नेपाल पुलिस क्लब विजयी

काठमाडौं।प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा  गण्डकी प्रदेश र विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएका छन् ।

मुलपानीस्थित क्रिकेट मैदानमा गण्डकीले कोशी प्रदेशलाई १ सय ४२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो भने, कोशीको लगातार छैंठौं हार हो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५ ओभर २ बल खेल्दै २५ रनमा अलआउट भयो । उसका लागि कप्तान अंकित सुवेदीले ८ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् ।

गण्डकीका बिपिन खत्रीले ६ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । यो नतिजासँगै गण्डकीले ४ खेलबाट २ अंक जोडेको छ । अंकबिहिन कोशी पुछारमा छ ।

यसैबीच, भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । १ सय ४१ रनको लक्ष्य पछ्याएको आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अलआउट भयो ।

आर्मीका भिम सार्कीले ५२ रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ३१ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४० रन बनाएको थयो । जितसँगै पुलिस ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । चार अंक जोडेको आर्मी छैंठौं स्थानमा छ ।

 

 

प्रतिक्रिया