Pura Samachar

साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

प्रकाशित: January 22, 2024
पूरा समाचार

साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

काठमाडौँ — रोबर्टो मानचिनीको साउदी अरेबियाले आइतबार एसियन कपको अन्तिम १६ को यात्रा तय गरेको छ । उसले समूह ‘एफ’ को खेलमा नौ खेलाडीमा सीमित किर्गिस्तानलाई २–० ले हरायो ।

साउदी टिमका लागि मोहम्मद कानो र फैसल अल–घमादीले गोल गरे । यो नतिजापछि उसको दुई खेलबाट छ अंक भएको छ र समूहको शीर्षमा पनि छ ।

यसै समूहको अर्को खेवलमा थाइल्यान्ड र ओमानले गोलरहित बराबरी खेले । थाइल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छ भने ओमानको एक अंक छ । किर्गिस्तान आफ्ना दुवै खेलमा पराजित रहेको छ र शून्य अंकमा छ ।

प्रतिक्रिया